सूचनाको हक र पारदर्शिता
१.२ सूचनाको हक र पारदर्शिता
→ Right to inform (सूचित हुने अधिकार)
→ Right to inspect (हेर्न/निरीक्षण गर्ने पाउने)
→ Right to get certified sample (प्रमाणित प्रतिलिपि)
→ Right to participate (निर्णय नीति निर्माणमा सहभागि हुन पाउने)
→ यो open government को अवधारणा हो । यसले सार्वजनिक सरोकारको सूचनामा नागरिकको पहुँचलाई सरल र सहज बनाउँदै, साथै सार्वजनिक पदाधिकारीमा सार्वजनिक सूचनाको स्वतः public गर्ने दायित्व सिर्जना गर्दछ ।
→ सार्वजनिक सूचना सार्वजनिक सम्पत्ति हो । यसमा सरकार, सार्वजनिक निकाय र कर्मचारीको सम्पूर्ण निर्णय, योजना र पहुँचयोग्य आम नागरिकको पहुँच र प्राप्तिको सुविधिलाई इनपुट भन्ने मान्यता यसले बोकेको हुन्छ ।
→ यसले सिर्जना गरेको वातावरणकै कारण open information, open service, open governance को संस्कारको निर्माण हुन्छ । सफल विकास र सेवामा नागरिकको पहुँच, सहभागिता र निगरानी अभिवृद्धि हुन्छ । सार्वजनिक पदाधिकारी काम, नतिजा र अभिव्यक्ति उत्तरदायी हुन्छ ।
→ यसबाट Better governance, stronger democracy, Higher accountability को प्रवर्द्धन हुन्छ, साथै corruption control गर्न, शासन प्रणालीको व्यवस्थापन गर्न, जिम्मेवारीको वहन गर्ने टेवा पुग्छ, फलस्वरूप नागरिकमा लोकतन्त्र, सुशासन र विधिको शासन प्रत्याभूत हुन्छ, त्यसर्थ यसलाई oxygen of democracy भनिन्छ ।
सूचनाको हकको महत्व/आवश्यकता
→ राज्य संस्थालाई लोकतान्त्रिक पहलअनुरुप सुशासन र पारदर्शी बनाउने ।
→ सार्वजनिक निकाय र पदाधिकारीलाई जिम्मेवार र उत्तरदायी बनाउने ।
→ सार्वजनिक सरोकारको सूचनामा नागरिकको पहुँचलाई सहज र सरल बनाउने ।
→ राज्य र जनतालाई प्रतिकुल प्रभाव पार्ने संवेदनशील प्रकृतिका सूचनाको संरक्षण गर्ने ।
→ सूचित हुने नागरिक हकको प्रचलन र सम्मान हुने ।
→ जनसहभागिता (people’s participation)
→ सूक्ष्म निगरानी (people’s scrutiny)
→ जनविश्वास र जनसमर्थन - (सरकार, शासन र सेवाप्रति नागरिकमा विश्वास र सन्तुष्टि)
→ भ्रष्टाचार नियन्त्रण ।
→ विधिको शासन कायम गर्ने ।
सूचनाको हक सम्बन्धी व्यवस्था
१. संवैधानिक व्यवस्था
→ संविधानको धारा–२७ – सार्वजनिक सूचनाको माग्ने र पाउने हक सुनिश्चित गरेको छ ।
→ संविधानको धारा–१९ – सार्वजनिक सरोकारको सूचनाहरू विभिन्न माध्यमले प्रकाशन तथा प्रसारण गर्ने स्वतन्त्रता दिएको छ ।
→ संविधानको धारा–१८ – गोपनीयताको हक – सूचनाको हकको सीमा निर्धारण गरेको छ ।
→ संविधानको धारा–२९१ – पदकीय सूचनासँग सम्बन्धी व्यवस्था ।
→ संविधानको धारा–२९४ – संवैधानिक निकायको वार्षिक प्रतिवेदन संवैधानिक निकायमा छलफल गराउने ।
२. कानूनी व्यवस्था
→ सूचनाको हक सम्बन्धी ऐन–२०६४ र नियमावली २०६५
- सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने विधि र प्रक्रियाको निर्धारण ।
- सूचनाको वर्गीकरण र प्रकाशन सम्बन्धी व्यवस्था ।
- सूचनाको हकको सीमा निर्धारण ।
- सूचना अधिकारी सम्बन्धी व्यवस्था ।
- सूचना आयोग ।
→ सूचना ऐन–२०६४
- नागरिक बडापत्र
- सार्वजनिक सुनुवाई
- सामाजिक परीक्षण
- गुनासो अधिकारी